March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको राजपत्रमा प्रकाशित सूचना पेश

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको राजपत्रमा प्रकाशित सूचना पेश

माघ ९, काठमाडौं ।
प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्च अदालतको इजलासमा पेश भएको छ । आजको इजलास सुरुवात भएलगत्तै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सूचना पेश गरेका हुन् । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश्न उठाएका थिए ।

त्यसपछि सर्वोच्चले सो सूचना सरकारसँग माग गरेको थियो । महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए । खरेलले भने कार्यालयमा बसेर खोज्दा आफूले राजपत्रमा सूचना प्रकाशित भएको देखेको जवाफ दिएका थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्चमा १ दर्जन बढी रिटहरु परेका छन् ।

Advertisement