April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आइतबार ३०० रुपैयाँले घट्यो सुनको मुल्य , चाँदीको मुल्य भने यथावत

माघ ११, काठमाडौं ।
नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो । जसअनुसार साताको कारोबारको पहिलो दिन आइतबार छापावाला सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Advertisement