March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एकद्धार प्रणाली कार्यान्वयन गर्न कृषिका तीन निकायबीच सम्झौता

एकद्धार प्रणाली कार्यान्वयन गर्न कृषिका तीन निकायबीच सम्झौता

माघ ११, काठमाडौं ।
नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयन गर्न कृषिका तीन निकायबीच सम्झौता भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरिन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र र पशु सेवा विभागबीच सम्झौता भएको हो ।

Advertisement

उक्त सम्झौता पत्रमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाई, पशु सेवा सभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र खाद्य तथा गुणस्तर विभागका महानिर्देशक उपेन्द्र राय र एकद्वार प्रणाली कार्यान्वयन आयोजनाकातर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहालले हस्ताक्षर गरे ।

Advertisement

यो प्रणालीले ती तीन वटै निकायका कामहरु अनलाइनबाट छिटोछरितो रुपमा हुनेछ । यो नियम लागू भएसंगै भन्सार जाँचपास प्रक्रिया कागज विहिन हुने जनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने बताइन् ।

त्यसैगरि सचिव डा.योगेन्द्रकुमार कार्कीले विश्वका धेरै देशमा पहिले देखि नै लागू भएका यस्ता एकद्धार प्रणाली ढिलै भएपनि नेपालमा सुरु भएकोमा खुसी व्यक्त गर्दै कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने धारणा व्याक्त गरे । एकद्वार प्रणाली कार्यन्वयन आयोजनाकोतर्फबट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले कामकारवाहीमा ठूलो परिवर्तन हुने बताए । एक आपसमा सम्बन्ध विस्तार मात्रै नभएर व्यापार खर्च पनि घट्ने अपेक्षा गरिएको उनको भनाइ रहेको छ ।