September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

कुमारी बैंक लिमिटेडको खुद नाफा १ अर्ब २१ करोड भन्दा बढी

कुमारी बैंक लिमिटेडको खुद नाफा १ अर्ब २१ करोड भन्दा बढी

माघ १२, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सोमबार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले गत आवको यसै अवधिको तुलनामा ५१.४९ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो वर्षको ६ महिनामा बैंकले ८० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु वर्षको ६ महिनाको नाफामध्ये बैकmे पछिल्लो तीन महिना (कात्तिकदेखि पुस) सम्म ६१ करोड ४० लाख रुपैयाँ नाफा गरेको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ । चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको बैंकले ६ महिनामा आर्जन गरेको यो नाफाबाट शेयरधनीलाई वार्षिक ९.१९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिमा १६.८३ रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ०.७० रुपैयाँले बढेको हो । बैंकले गत आवको नाफाबाट १०.८५ प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएपनि नाफा उल्लेख्य बढ्दा समेत प्रतिशेयर आम्दानीमा सुधार नै देखिएको छ । बैंकको व्यापार भने एक खर्ब १० अर्बबाट एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप पनि एक खर्ब १६ अर्बबाट एक खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १३०.८२ रुपैयाँ कायम भएको छ ।

Advertisement