September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

ट्राफिक प्रहरीद्वारा चोरीका २४ वटा मोटरसाइकल बरामद

ट्राफिक प्रहरीद्वारा चोरीका २४ वटा मोटरसाइकल बरामद

माघ १२, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाएको छ । महाशाखाले पीडित सहायता इकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी खोजतलास गरेको हो ।

दिनेश थापामगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दि पराई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकरप्रसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार बिक, धालबहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाइकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन्।

मोटरसाइकल जिम्मा लगाउने क्रममा जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए। महाशाखाले यस आव ०७७/०७८ मा १९९वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दासमेत चलाई सकेको छ।

Advertisement