September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

उपभोक्ताको संरक्षणसहित आर्थिक गतिविधि विस्तार हुदै गएको छ : अर्थमन्त्री पौडेल

उपभोक्ताको संरक्षणसहित आर्थिक गतिविधि विस्तार हुदै गएको छ : अर्थमन्त्री पौडेल


काठमाडौं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यापार सहजीकरण र उपभोक्ताको संरक्षणसहित आर्थिक गतिविधि विस्तार हुनुपर्नेमा जोड दिएका छन् । विश्वर भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले व्यापार सहजीकर गर्नुपर्ने बताए । उनले कोरोना पछि आर्थिक गतिविधी बढदै गएको बताए । मन्त्री पौडेलले भन्सारका क्रियाकलापलाई प्रविधिमैत्री बनाइएको र यसले व्यापार सहजीकरणमा योगदान दिएको बताए । उनले सहज व्यापार र विस्तारित आर्थिक क्रियाकलापले राजस्व संकलन बढाउने तर्फ ध्यान जानुपर्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ को जोखिमका बिच राजस्व संकलनमा योगदान पु¥याएको भन्दै भविष्यमा पनि ब्यावसायीबाट यस्तै योगदान पुग्ने विचार राखेका छन् । उनले अर्थतन्त्र चलायमान भइरहेको भन्दै भविष्यमा आर्थिक गतिविधि बढ्दै जाने बताए ।


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालजस्ता कम विकसित मुलुकहरू कोभिड–१९ को चपेटामा धेरै परेको बताए । उनले यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्नुपर्नेमा सो नभएको बताए । विश्वका अन्य मुलूकको उदाहरण दिदै श्रेष्ठले नेपाल सरकारले पनि मनोबल माथि उठाउँने कार्यक्रम ल्याउनु पर्ने बताए ।

Advertisement