March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालन

माघ १३, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४ हुमिनमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बि.क.ले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।

योसँगै ग्लोबल आइएमईका शाखारहित बैंकिङ सेवाको संख्या २४५ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

Advertisement