April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

झापाबाट भन्सार छलेको ३ करोडको समान बरामद

झापाबाट भन्सार छलेको  ३ करोडको समान बरामद

माघ १३, काठमाडौं ।
भन्सार छलेर भण्डारण गरिएको ३ करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ । काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले बरामद गरेको हो । दमक ६ को एक घर भाडामा लिएर भण्डारण गरिएका ओरियन्स कम्पनीका विभिन्न खाद्यवस्तुहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका वस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरी ल्याईएको आशंकामा प्रहरीले ती समान बरामद गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका समान ३४ प्रकारका छन् ।

ती मध्ये २२ प्रकारका समानमा राजश्व छली भएको पाइएको प्रहरीले जनाएको छ । १२ प्रकारका समानको भने बिल पाइएको छ । उक्त १२ प्रकारका सामानको ८७ लाख २६ हजार ५ सय २० रुपैयाँ मात्र बिल पाईएको हो ।

Advertisement