September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

प्रभु बैंकको वितरण योग्य नाफा १ अर्ब

प्रभु बैंकको वितरण योग्य नाफा १ अर्ब

माघ १४, काठमाडौं ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकको वितरणयोग्य नाफा ४० % ले बढेको छ । जसअनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ९९ करोड ९८ लाख ५ हजार रहेको छ । माघ १४ गते सार्वजनिक कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त कम्पनीले रू. १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार खुद नाफा गरेको छ ।

Advertisement

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ८ करोड ५७ लाख ७४ हजार खुद नाफा गरेको थियो । सञ्चालन नाफा करीब ४३ प्रतिशतले बढेकोले कम्पनीको नाफामा वृद्धि देखिएको हो ।गत वर्ष रू. १ अर्ब ५० करोड ४२ लाख १७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब १४ करोड ६९ लाख ६२ हजार यो नाफा गरेको छ । १० प्रतिशत बोनस शेयरपछिको चुक्तापूँजी रू. ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार पुगेको छ । 

कम्पनीको जगेडा कोष रकम साढे ८ प्रतिशतले बढेर रू. ४ अर्ब १८ करोड ६१ लाख ३० हजार कायम भएको छ । कम्पनीले गत वर्षभन्दा करीब २६ प्रतिशत बढी रू. १ अर्ब ६२ अर्ब २ करोड ४८ लाख २८ हजार निक्षेप संकलन गरेको छ भने १ दशमलव २७ प्रतिशत बढी रू. १ खर्ब २६ करोड ५ करोड ७४ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । 

यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात भने गत वर्षभन्दा कम भएको छ । गत वर्ष ३ दशमलव १२ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अनुपात २ दशमलव शून्य ६ प्रतिशतमा झरेको हो । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ७७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव २९ रहेको छ ।