September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ १६ गते बाँडफाँड हुने

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ १६ गते बाँडफाँड हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ १६ गते शुक्रबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज (माघ १४ गते) प्री–अलोटमेन्ट गरिदैछ । प्री अलोटमेन्ट सम्पन्न भएपछि धितोपत्र बोर्डमा शुक्रबार बिहान १० बजे बाँडफाँड गर्नका लागि डकुमेन्ट बुझाइने छ । बोर्डबाट सोही प्रस्ताव अनुमति भएमा शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ ।

बैंकको आइपिओमा कुल १५ लाख ५० हजारले १८ करोड ३४ लाख कित्ता सेयर माग्दै आवेदन दिएका थिए। बैंकले सर्वसाधारणलाई जम्मा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गर्नेछ। आवेदन दिएको संख्यालाई आधार बनाउँदा ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन । आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ। पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ। कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। आब ०७९/८० सम्म प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ पुग्ने कम्पनीको आँकलन छ। सो अवधिसम्म वार्षिक आम्दानी १ अर्ब ५९ करोड हुने र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ।  

Advertisement

बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।