September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउस लिमिटेडमा आबद्ध

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउस लिमिटेडमा आबद्ध

माघ १४  काठमाडौं ।

कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग आबद्ध भएको छ । एनसीएचएलको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि  बैंक आबद्ध भएको हो । उक्त सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले  हस्ताक्षर गरे ।

एनसीएचएल–आईपीएस प्रणालीमार्फत बैंकले ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता अन्तरबैंक कारोबार गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानी एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थामा गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकले अब कनेक्ट आईपीएसको वेब र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबार पनि गर्न सक्नेछन् ।

Advertisement