September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार

माघ १४, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १८.७६ अंकले बढेको हो । उक्त अंकको वृद्धिपछि परिसूचक २४४१ अंकमा पुगेको छ । बुधबार २ सय ८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार कित्ता सेयर ५९ हजार १ सय ५१ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ६२ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ । त्यस्तै जीवन बीमा समूह ६.२५ प्रतिशतले बढेको छ । ति बाहेक अरु समूहहरु घटेका छन् । बैंकिङ १०, होटल २४, विकास बैंक ६, जलविद्युत ४, फाइनान्स ६ र उत्पादन ३३ र अन्य समूह २ अंकले घटेका छन् । यस दिन कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९३ करोड ३४ लाख २३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड पहिलो नम्बरमा देखिएको छ ।

Advertisement

यो कम्पनीको १४ लाख ५४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।यस दिन आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेसनल हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन पोखरा फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ ।