April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

देशभरका ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिंदै

देशभरका  ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिंदै

माघ १५, काठमाडौं ।
निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो । माघ १५ देखि २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा एकसाथ उक्त कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ ।

भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटो विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि अहिले संवैधानिक सुनुवाइ भइरहेकाले चुनाव हुने नहुनेमा अन्योल छ ।

Advertisement