सिटिजन्स बैंकका ग्राहकलाई स्पार्क हेल्थ होम हस्पिटलमा विशेष छुट
बिहिबार, १२ मंसिर, २०७६, काठमाण्डौं । बैंकका ग्राहक महानूभावहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि.बीच सम्झौता भएको छ । यस किसिमको सहकार्यबाट बैंकमा आबद्ध गरिब , दूःखि ग्राहक हरुमा हौसला प्र्रदान भएको छ ।
सिटिजन्स बैंकका डेबिट, क्रेडिट,प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यालय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) मा लागु हुनेछ ।
प्रतिकृया दिनुहोस्