May 15, 2025, Thursday
२०८२ जेष्ठ २

टेलिकमले सिम निःशुल्क उपलब्ध गराउने

टेलिकमले सिम निःशुल्क उपलब्ध गराउने

१५ मंसिर, २०७६,काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार उक्त सेवासम्बन्धी सम्झौता भएसँगै राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई मात्र अहिले सिम उपलब्ध गराउन लागिएको हो ।
बिहीबार भएको सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो सिममा ५० रुपैयाँको टक भ्यालु समेत हुनेछ ।
देशको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनि र सबै भन्दा बढी वित्तिय सञ्चाल भएको राष्ट्रिय वाणिज्य बैंक बिचको सहकार्यले दुबै संस्थाको व्यवसाय अभिवृद्धि हुनुको साथै कार्यक्षमता समेत बढनेछ् ।

Advertisement