May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

प्रधानमन्त्री ओली र जापानी राजदूत साइगोबीच विदाइ भेट

प्रधानमन्त्री ओली र जापानी राजदूत साइगोबीच विदाइ भेट

फागुन ५, काठमाडौं ।
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रधानमन्त्रि के पि शर्मा ओलीसंग विदाइ भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसंग विदाइ भेट गरेका हुन् । ।नेपालराजदूत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गरेका छन् ।

यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरु मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरे । आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बिच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे । त्यस्तै राजदूत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।

Advertisement