May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

सुनको मूल्य ६ सय रुपैंयाले घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो । आज तोलामा ६ सयले सुनको मूल्य गिरावट आइ ८९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ ।आज प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदी १३ सय ४० मा कारोबार भएको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।

Advertisement