April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

यस्तो छ प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दिएको लिखित जवाफ (पूर्णपाठ)

यस्तो छ प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दिएको लिखित जवाफ (पूर्णपाठ)

फागुन ६, काठमाडौं ।
अदालतको अवहेनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतबाट फर्किएका छन् । प्रधानमन्त्री ओली बिहीबार बिहान पौने १२ बजे सर्वोच्च अदालत पुगेका थिए । प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्केका हुन् ।

Advertisement

सर्वोच्च अदालतमा आज बिहीबार आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन् । प्रधानमत्रीले आफू प्रतिनिधिसभा घटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् ।

Advertisement

अदालतमा विचाराधीन अवस्थामा रहेको संसद विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । अवहेना मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माको माघ १५ गतेको एकल इजलासले ओलीका नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफसिहत ७ दिन भित्र उपस्थित हुन भनेको थियो ।