September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

ग्लोबल आइएमई बैंकले १ अर्ब मूल्य बराबरको जग्गा विक्री गर्दै

ग्लोबल आइएमई बैंकले १ अर्ब मूल्य बराबरको जग्गा विक्री गर्दै

फागुन ६, काठमाडौं ।
ग्लोबल इएमई बैंक लिमिटेडले काठमाडौंको जग्गा विक्रीका लागि बोलपत्र आह्वान गरेको छ । बैंकले काठमाडैँको पानीपोखरी र अनामनगरको १ अर्ब रुपैयाँ मूल्य बरारबरको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

 बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको ३ रोपनी र  काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको  २ रोपनी, ६ आना बराबरको जग्गा बिक्री गर्न लागेको हो  ।

Advertisement

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ ।आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ ।