April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

ग्रीनलाइफको आइपीओ बाँडफाँडः १० कित्ताका दरले पाउने ३ लाख माथि, दुईजनाले पाए ११ कित्ता

ग्रीनलाइफको आइपीओ बाँडफाँडः १० कित्ताका दरले पाउने ३ लाख माथि, दुईजनाले पाए ११ कित्ता

दुई साता अघि आइपीओ बिक्रीमा ल्याएको ग्रीनलाइफ हाइड्रोपावरको सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले उक्त आइपीओ शुक्रवार कम्पनीको कार्यलयमा बाँडफाँड गरेको हो ।

Advertisement


ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २२ कित्ता दुई लगानिकर्ताहरुलाई ११÷११ कित्ताका दरले बाँडिएको छ ।

Advertisement

यस कम्पनीले १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।


ग्रीनलाइफले ४० मेगावाट जडित क्षमताको ‘खानीखोला १ जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरेको हो ।