April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

नेप्सेले गर्ये लाइफ इन्स्योरेन्स र नेरुडे लघुवित्त संस्थाको शेयर मूल्य समायोजन

नेप्सेले गर्ये लाइफ इन्स्योरेन्स र नेरुडे लघुवित्त संस्थाको शेयर मूल्य समायोजन


नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेरुडे लघुवित्त संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले दुवै कम्पनीको गत आर्थिक वर्षको प्रस्तावित बोनशपछिको मूल्य समायोजन गरेको हो ।
यसरी समायोजन भएका मध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस शेयर छ । उक्त सेयरमा नेप्सेले प्रतिकित्ता शेयर मूल्य २ हजार ५ सय ५ रूपैयाँ कायम गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ७ सय ५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै नेरुडे लघुवित्त संस्थाको ८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता एक हजार ३ सय ६४ रूपैयाँ कायम गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

Advertisement