September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

पृथ्वीबाट उडेको २०३ घण्टामा अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रह अवतरण

पृथ्वीबाट उडेको २०३ घण्टामा अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रह अवतरण

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको वीवीसिले उल्लेख गरेको हो । सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए ।


“हामीले ग¥यौँ । हामी त्यहाँ पुग्यौँ,“ उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो । उनले भनेका छन् ।
पर्सभेरेन्स रोभरले यो २०३ दिनमा ३ सय मिलियन माइलको यात्रा पूरा गरिसकेको छ ।
सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए ।

Advertisement

सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छरछैन भनेर हेरिने छ भने उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ ।

यो सन् १९७०को दशकको भाइकीङ मिसन पछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । चीनको मङ्गल ग्रह अभियान अन्तर्गत अन्तरिक्षमा यान पठाइयो । छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो ।

मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो ।

पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन ।