सरकारले खरिद गरेको २० हजार मेट्रिक टन युरिया मल एक हप्ता भित्र नेपाल आइपुग्ने
फागुन ७, काठमाडौं ।
नेपाल सरकारले बङ्गलादेशबाट जीटूजी सम्झौताबाट खरिद गरेको मल मध्ये २० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याउने काम सुरु भएको छ । सरकारले खरिद गरेको युरिया मल ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले त्यहाँको कारखानाबाट मल बुझेर लोड गरिसकेको हो । पानीजहाजमा लोड गरिसकेको उक्त मल अब एक हप्ता भित्र नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
आज र भोलीमा मल कलकत्ता बन्दरगाह आइपुग्ने बताइएको छ । त्यसपछि मलको ‘प्याकेजिङ’ गरेर मात्र नेपाल ल्याइने छ । बङ्गलादेशबाट पहिलो लटमा २० हजार मेट्रिक टन मल ल्याइन लागेको हो । नेपाल सरकारले बंगलादेशको सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल किन्नका लागि २०७७ पुस २ गते ‘जी टू जी’ सम्झौता गरेको थियो । ५० हजार मेट्रिक टन मध्ये पहिलो लटमा २० हजार मेट्रिक टन ल्याइने र अरू ३० हजार मेट्रिक टन बिस्तारै नेपाल ल्याउने कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्