April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कृषि क्षेत्रमा बैंकको २ खर्ब ७१ अर्ब रुपैयाँ लगानी

कृषि क्षेत्रमा बैंकको  २ खर्ब ७१ अर्ब रुपैयाँ लगानी

फागुन ७, काठमाडौं ।
नेपालको कृषि क्षेत्रमा पछिल्लो समय कर्जा र लगानी दुवै वृद्धि भएको छ । कृषि क्षेत्रमा ऋण लगानी ह्वात्तै बढेसंगै कोरोना भाइरस (कोभिड–१९)बाट शिथिल बनेको अर्थतन्त्र विस्तारै लयमा फर्कंदै छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सवेक्षणअनुसार कृषिको खेतीपातीसम्बन्धी सेवा, चिया, पशुपालन तथा पशुपालनसम्बन्धी सेवा, माछापालन तथा वद्यशाला, कृषि तथा कृषिजन्य सेवा लगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको हो ।

Advertisement

सरकारले आर्थिक वृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकता दिदै आएको छ । सोही अनुसार राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा ऋण प्रवाहलाई प्राथमिकता दिदै आएको छ । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको पुस सम्म बैंक तथा वित्तीय संस्थाले कुल ३६ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको उक्त ऋण मध्ये २ खर्ब ७१ अर्ब रुपैयाँ कृषि क्षेत्रमा गएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै यस्तो कर्जा बढ्दै गएको हो ।अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरूको कृषिमा लगानी २० प्रतिशतले वृद्धि भएको हो । गत आवको पुससम्म बैंकहरूको लगानी २ खर्ब १२ अर्ब भएको थियो । कृषि क्षेत्रमा वन तथा माछा पालन क्षेत्रमा कर्जा वृद्धिदर बढी देखिएको छ । यी क्षेत्रमा ६ महिनामा ६२ प्रतिशत कर्जा लगानी वृद्धि भएर ३ अर्ब ६७ करोड ४६ लाख पुगेको छ । सरकारले बजेटमा घोषणा गरी कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कार्यक्रम अन्र्तगत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी चालु आवको ६ महिनामा होलसेल तथा खुद्रा व्यापार क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको ७ खर्ब २५ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ लगानी रहेको छ । यो क्षेत्रमा गत असार मसान्तसम्म ६ खर्ब ६२ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी थियो । राष्ट्र बैंकका अनुसार पुस मसान्त सम्म खानी क्षेत्रको ७ अर्ब ११ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यस्तै उत्पादनमूलक क्षेत्रमा पुस मसान्तसम्म ५ खर्ब ७० अर्ब ३० करोड १ लाख रुपैयाँ लगानी भएको छ । यसैगरी यातायातका साधन उत्पादन गर्ने क्षेत्रमा पुस मसान्तसम्म रु.५१ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ कर्जा लगनी भएको छ ।

होटल, पर्यटन, शिक्षा लगायतका सेवा मूलक उद्योगमा पुस मसान्तमा ३ खर्ब ३५ अर्ब २७ लाख रुपैयाँ कर्जा लगनी भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरूको कृषिमा लगानी २० प्रतिशतले वृद्धि भएको हो । गत आवको पुससम्म बैंकहरूको लगानी २ खर्ब १२ अर्ब भएको थियो । सरकारले बजेटमा घोषणा गरी कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कार्यक्रम अन्र्तगत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।