September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई ललितपुर महानगरको २० लाख सहयोग

फागुन ७, काठमाडौं ।
ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले हस्ताक्षर गरेका छन् ।

साथै शुक्रवार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारले आट् गर्न नसकेको परियोजना जनस्तरबाट निर्माण हुनु गौरबको कुरा भएको बताए । यस्तै फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि थप उर्जा मिलेको बताए ।

Advertisement

यस्तै रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको उनको भनाइ रहेको छ । यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको उनले बताए । उनले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए ।