May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सिभिल बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो ८.४२ % लाभांश

सिभिल बैंकको वार्षिक साधारण सभाले पारित गर्‍यो ८.४२ % लाभांश

फागुन ९, काठमाडौं ।
सिभिल बैंक लिमिटेडको १० औं वार्षिक साधारण आइतवार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ नगद लाभांश वितरण वितरण दिने निर्णय गरेको छ ।

साथै सभाले  कम्पनी र  अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/ गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/ हुने वा स्वदेशी/ विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार  कम्पनीको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । करीब ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ ओटा शाखाहरु, छ ओटा एक्सटेन्सन काउन्टरहरु तथा ८९ ओटा एटीएम मार्फत सेवाप्रदान गरिरहेको  कम्पनीले करीव रु. ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ । 

Advertisement