March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

इन्भेष्टमेन्ट बैंकको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड

फागुन ९,काठमडौं ।
पाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक हजार अंकित मूल्यको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त ऋणपत्र फागुन ९ गते आइतबार बाँडफाँड गरेको हो । बैंकले माघ १६ गते देखि फागुन २ गते सम्म ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो ।

व्यक्तिगत तवर तर्फका आवेदकहरुले आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम आजदेखि फिर्ता पाउनेछन् । बैंकले ७ वर्ष अवधिको लागि ८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेको थियो । 

Advertisement