September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

एनएफआरएसबाट वित्तीय विवरण प्रकाशित गर्न जीवन बिमा कम्पनीलाई बीमा समितिको निर्देशन

एनएफआरएसबाट वित्तीय विवरण प्रकाशित गर्न जीवन बिमा कम्पनीलाई बीमा समितिको  निर्देशन

फागुन १०, काठमाडौं ।
जीवन बिमा कम्पनीहरुले पनि वित्तीय विवरण बनाउँदा एनएफआरएस लागू गर्नुपर्ने भएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो ।

समितिले आइतबार एनएफआरएस निर्देशिका २०७७ समेत जारी गरिसकेको छ । समितिले जीवन बीमा, निर्जीवन बीमा तथा पुनरर्बीमा कम्पनीहरुलाई छुट्टाछुट्टै एनएफआरएस सम्बन्धी निर्देशन, २०७७ नै जारी गरेको हो । उक्त एनएफआएस निर्देशिका अनुसारको वित्तीय विवरण बनाई प्रकाशित गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

Advertisement

निर्जीबन बिमा कम्पनी र पुनःबिमा कम्पनीले एनएफआरएस बाट वित्तिय विवरण प्रकाशित गर्न थालिसकेका छन् । समितिले यो भन्दा अघि पुनर्बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण तयार गर्न निर्देशन दिएको थियो ।