March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

फागुन १०, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘घ’ जारी गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले ८ वर्षको अवधिको विकास ऋणपत्र जारी गर्न लागेको हो । विकास ऋणपत्रमा ब्याजदर रकम भने बोलकबोलको माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइनेछ भने बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संघ संस्था तथा नेपाली नागरिकले यस ऋणपत्र खरिद गर्न पाउनेछन् । ऋणपत्रको बोलकबोल मिति फागुन ११ गते अपराहन्न ३ बजेसम्मका लागि तोकिएको छ । ऋणपत्र खरिद गर्न चाहने खरिदकर्ताले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् बोलकबोल पेश गर्नुपर्नेछ ।

Advertisement

ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जिक ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने बताइएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् । ऋणपत्रका लागि छुट्याइएको रकममा प्रतिष्पर्धीलाई ८५ प्रतिशत र अप्रतिष्पर्धीलाई १५ प्रतिशत रकम छुट्याइएको छ ।

आवेदकले कम्तीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सक्नेछन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमूल्य बोलपत्र फारममा उल्लेख गर्नुपर्नेछ ।