September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

आईपीओ निष्कासन गर्न अपि पावरले बोर्डसँग माग्यो अनुमति

आईपीओ निष्कासन गर्न अपि पावरले बोर्डसँग माग्यो अनुमति

फागुन १०, काठमाडौं ।

अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो ।कम्पनीले १ बराबर शून्य दशमलव २९ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्रीको अनुमति माग गरेको छ ।

हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणमा गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।

Advertisement