September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सेयर बजारमा ३२.६७ अंकको गिरावट

सेयर बजारमा ३२.६७ अंकको गिरावट

फागुन १०, काठमाडौं ।
साताको दोस्रो दिन सोमबार सेयर बजारमा ३३.६७ अंकले घटेको छ । उक्त अंकले घटेको बजार २६०७.६७ बिन्दुमा पुगेर रोकिएको हो । आज २ करोड १६ लाख बढी कित्ता सेयर ८ अर्ब बढी रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ । नेप्सेमा सूचिकृत कूल २०७ कम्पनीको सेयर किनबेच भएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेर ४८६.३६ बिन्दुमा पुगेको छ ।

यस दिन जलविद्युत र अन्य समुह बाहेक बाँकी सबै समुहमा गिरावट आएको छ । जीवन बीमा समूह ३५१ अंकले घट्दा निर्जीवन बीमा समूह १०८ अंक, व्यापार समूह ९२ अंक, विकास बैंक ६४ अंक, लघुवित्त र उत्पादन समूह समान ५६ अंक, बैंकिङ समुह ५२ अंक र होटल समूह २१ अंकले घटेको छ । ६ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ भने निफ्रा सहित २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ ।

Advertisement

घटेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । आज यसको सेयर मूल्य प्रति सेयर ६ सय ६० रुपैयाँ काम भएको छ । खरिद बिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै,निफ्राको ३२ करोड, निर्धान उत्थान लघुवित्तको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स र नेपाल लाइफको समान २९÷२९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।