एकैदिन ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य
फागुन ११, काठमाडौं ।
नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानिय बजारमा मंगलवार सुनको भाउ ११ सय रुपैयाँले बढेको हो । जसअनुसार मंगलवार छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ८८ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू। एक हजार ३३५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य २५ रुपैयाले बढेको हो ।
प्रतिकृया दिनुहोस्