September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

माथिल्लो पिलुवा खोला–३ आयोजनाका लागि दुइ बैंकको ६५ करोड ५९ लाख ऋण

माथिल्लो पिलुवा खोला–३ आयोजनाका लागि दुइ बैंकको  ६५ करोड ५९ लाख ऋण

फागुन ११, काठमाडौं ।
माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाका लागि दुइ बैंकले ६५ करोड ५९ लाख ऋण प्रदान गर्ने भएका छन् । माबिलुङ्ग इनर्जी लिमिटेडले निर्माण गर्न लागेको उक्त जलविद्युत आयोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ ऋण प्रदान गर्ने भएका हुन् ।

उक्त प्रयोजना संखुवासभाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा रहेको पिलुवा र सिखुवा खोलामा परियोजना निर्माण गरिने छ । ४.९५ मेगावाटको परियोजनाको लागत ९३ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ । लक्ष्मी र माछापुच्छे बैंकले कुल लागतको ७० प्रतिशत क्रण प्रदना गर्ने भएका हुन् । बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी हो । माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता भइसकेको छ । आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट गत साउन ९ गते स्वीकृति पाइसकेको छ ।

Advertisement