March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सेञ्चुरी र राष्ट्रिय व्यवसायी महासंघवीच सम्झौताः व्यावसायीलाई अब कर्जा लिन सहज हुने

काठमाण्डौँ, ११ फागुन ।
सेञ्चुरी कमर्सियल बंैक लिमिटेड र नेपाल राष्ट्रिय व्यवसायी महासंघले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आपसी सम्झौता गरेका छन् । कोभिड–१९ को विश्वव्यापी महामारीले पु¥याएको क्षतिलाई कमगरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि गराउनको लागि बैंंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा हस्ताक्षर भएको हो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले छुट्टाछुटै सम्झौतामा हस्ताक्षर गरेका छन् ।

देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले १२० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ ब्रान्चलेस बैंकिङ्ग र ८८ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकद्धारा प्रेशित विज्ञप्तिमा भनिएको छ ।

Advertisement