September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

संसद पुर्नस्थापन सकारात्मकः शेखर गोल्छा

संसद पुर्नस्थापन सकारात्मकः शेखर गोल्छा

काठमाडौं– निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संसद पुर्नस्थापनलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिएको बताएका छन ।
गोल्छाले राजनीतिक घटनाक्रम जे विकास भएपनि व्यवसायीलाई काम गर्ने वातावरणमा सहजता हुनुपर्नेमा जोड दिएका छन् । ‘राजनीतिक परिर्वतनले औद्योगिक व्यवसायमा कुनै परिर्वतन हुन हुँदैन,’ उनले भने, ‘औद्योगिक तथा व्यापार व्यवसाय निरन्तर चलिरहनु पर्छ ।’


पुस ५ गते प्रधानमन्त्री केपी ओली शर्माले संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गर्दा महासंघले अस्थिरता पैदा हुने र ब्यापार ब्यवसाय गर्न समस्इा आउने भन्दै चिन्ता ब्यक्त गरेका थिए । प्रधानमन्त्रीको संसद विघटन पछि व्यवसायीले राजनीति घटना क्रमका कारण उद्योग व्यवसायमा समस्या आउन सक्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी गरेको थिए ।

Advertisement