April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ३३ खर्ब ३५ अर्ब पुग्यो

फागुन १२, काठमाडौं ।
वाणिज्य बैंकहरूले आफ्नो कर्जा तीब्र प्रवाह विस्तार गरेका छन । चालू आर्थिक वर्ष को शुरुआतदेखि कोरोना महामारीले कर्जा विस्तारमा चुनौती देखिए पनि अहिले बैंकहरू पुरानै लयमा फर्किएका हुन् । बैंकहरुले एक सातामा नै १८ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका हुन् । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुन पहिलो सातामा १८ अर्ब कर्जा प्रवाह भएसंगै २७ वाणिज्य बैंकहरूकोे कुल कर्जा प्रवाह रू. ३३ खर्ब ३५ अर्ब पुगेको छ । तर, यसरी कर्जामा माग बढे अनुसार प्रणालीमा स्रोत घट्दै गएमा केही समयपछि नै तरलता संकूचन हुनसक्ने अनुमान उनीहरुको छ ।

Advertisement

लगानीको परिस्थिति सहज हुँदै गएपछि बैंकहरु कर्जा बिस्तारमा आक्रमक भएका हुन् । माघको पहिलो साता संकुचन आएपछिका प्रत्येक साता भने कर्जा प्रवाह वृद्धि हुँदै गयो । तर, माघ दोस्रो साता भने ११ अर्बले वृद्धि हुदा कुल कर्जा प्रवाह रू. ३२ खर्ब ६८ अर्ब र तेस्रो साता २१ अर्बले वृद्धि भई कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

Advertisement

यस्तै, सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा फागुन पहिलो साता १२ अर्ब रुपैयाँ थप गरी ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुर्याएका छन् । यसअघिको माघ अन्तिम साता २ अर्बले वृद्धि हुँदा ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको थियो । यसअघि गत कात्तिकमा यस्तो निक्षेप ६ अर्बले ऋणात्मक हुँदा कुल निक्षेप रू. ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित थियो ।

यस्तै, गत मङ्सिरसम्ममा निक्षेप संकलन ४६ अर्ब रुपैयाँले वृद्धि भएर कुल निक्षेप संकलन रू. ३६ खर्ब ९४ अर्ब पुगेको थियो । निक्षेप बढाउनेमा शीर्ष सिद्धार्थ बैंक अगाडि छ भने दोस्रो स्थानमा एभरेष्ट बैंक र तेस्रो स्थानमा सानिमा बैंक छ । सरकारलाई पुस मसान्तमा तिरेको कर प्रयोजनका अधिकांश चेकको राफसाफ माघ महिनामा हुँदा सरकारको खातामा पैसा जादाँ बैंकहरुको निक्षेप घटेको बैंकहरु बताएछन् ।