September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

क्षमापूजाका लागि पशुपतिनाथ जाँदै राष्ट्रपति भण्डारी

क्षमापूजाका लागि पशुपतिनाथ जाँदै राष्ट्रपति भण्डारी

फागुन १२, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छन् । पशुपतिनाथमा सुनको नयाँ जलहरी (पिठिका) स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक समापन गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ जान लागेकी हुन् । राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

जलहरी राख्नका लागि गत फागुन ८ गते देखि नै क्षमा पूजा हुँदै आएकोमा मंगलबार बेलुका पिठिका स्थापनाका लागि विशेष पूजा भएकोे छ । सो पूजामा भारतको कर्नाटकबाट आएका वेदका ज्ञाता पण्डितसहित कुल १ सय २१ जना पूजारी सहभागी रहेका छन् । विभिन्न पक्षको विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम हुँदै आएको छ । करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेका थिए ।

१ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए । तर सो रिटमा मुद्दा परेपनि आदेश आउनुअघि नै निर्माण कार्य सक्नेगरी काम भइरहेको स्रोतले जनाएको छ ।

Advertisement