September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सिम्रिक एयरलाइन्सले २ करोड २९ लाख रुपैयाँ विमानस्थल बक्यौता भुक्तानी नगरेसम्म उडान गर्न नपाउने

सिम्रिक एयरलाइन्सले २ करोड २९ लाख रुपैयाँ विमानस्थल बक्यौता भुक्तानी नगरेसम्म उडान गर्न नपाउने

फागुन १२, काठमाडौं ।
निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाइन्सले उडान गर्न नपाउने भएको छ । एयरलाइन्सलले नेपाल नागरिक उड्डनय प्राधिकरणलाई तिर्नु पर्ने विमानस्थल सेवा शुल्क वापतको बक्यौता रकम भुक्तानी गर्न नसक्दा उडान गर्न नपाउने भएकोे हो । एयरले प्राधिकरणलाई विमानस्थल सेवा शुल्क वापतको २ करोड २९ लाख रूपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगर्दासम्म एयरलाइन्सले उडान गर्न नपाउने नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ ।

कोरोना महामारीका कारण २०७६ चैतदेखि उडान बन्द भएको सिम्रिक एयरले अहिलेसम्म उडान गर्न सकेको छैन । कोरोना महामारीपछि अन्य यती, सौर्य, श्री, सिता, बुद्ध, तारा र समिट एयरलाइन्स कम्पनीले आन्तरिक उडान सुरु गरेको पनि ६ महिना भइसकेको छ ।

Advertisement

उक्त एयरलाइन्स कम्पनीले सरकारले उडान गर्न दिएलगतै उडान सुरु गरेका थिए । तर, सिम्रिक एयरलाइन्सले विमानस्थल शुल्क वापतको बक्यौता भुक्तानी गर्न नसक्दा उडान रोकिएको हो । एयरलाइन्सको नाम परिर्वत गरेर गुण एयरलाइन्स बनाउने प्रस्ताव समेत प्राधिकरणमा आइसकेको छ । यसअघि गुण एयरलाइन्सको नाम परिर्वतन गरेर सिम्रिक एयरलाइन्स बनाइएको थियो ।