September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

निफ्राका कारण नेप्सेको टिएमएसमा एकाएक समस्या, निफ्राको सेयर बन्द बाँकीको सुचारु

निफ्राका कारण नेप्सेको टिएमएसमा एकाएक समस्या, निफ्राको सेयर बन्द  बाँकीको सुचारु

काठमाण्डौ । नेप्सेको टिएमएसमा एकाएक समस्या देखिदा कारोवार रोकिएको छ । पटक पटक समस्या देखिने टिएमएस प्रणालीमा आज पनि डाटा गडबड हुने समस्या देखिएपछि कारोवार रोक्नु परेको हो । नेप्से परिसूचक एकाएक ८५ अंकको पहिरो गएको सूचना डिस्प्लेमा देखिएको थियो ।
यसलाई समाधान गर्न नेप्सेको आइटी टोली र अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको लागि परेका छन् ।

वाइकोस्थित स्रोतका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा)को एकैपटक एउटै मूल्यमा ठूलो परिमाणमा बिक्री आदेश आएपछि सिस्टमले त्यसलाई धान्न नसक्दा समग्र टिएमएसमै समस्या देखिएको हो । प्राविधिक समस्याका कारण निफ्राको सेयर ५९४ रुपियाँले घटेर शुन्य भएको देखिएको छ । सेयर कारोबार सुरु भएको करिव डेढ कारोबार नेप्से  करिव साढे ११ बजे एक्कासी सोझै ८२ अंकले घटेको देखिन्छ, जुन अस्वाभाविक र अनौठो हो । 

Advertisement

निफ्रामा आएको यही समस्याका कारण अनलाइन कारोबार गर्नेहरुले निफ्राको सेयर बिक्री वा खरीद अर्डर समेत पोस्ट गर्न पाएका छैनन् । आज कारोबार खुलेदेखि नै उक्त कम्पनीको खरिद अर्डर राख्न समस्या देखिरहेको थियो जुन आफैमा रहस्यमय छ । निफ्राको सेयर बन्द भए पनि बाँकी कम्पनीको कारोबार भने सुचारु छ ।