September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

नेपाल बैंकको अध्यक्षमा नियुक्त मरासिनीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

नेपाल बैंकको अध्यक्षमा नियुक्त मरासिनीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

फागुन १२, काठमाडौं ।
नेपाल बैंकको सञ्चालन समितिको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त भएका छन् । कम्पनीको फागुन १० गतेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा उनलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष बासुदेव अधिकारीले केहि दिन अघि मात्र राजीनामा दिएका थिए । अधिकारीको राजिनामा पश्चात अध्यक्षमा मरासिनी नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेका छन् । उनले कम्पनीको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा कम्पनीको व्यवासायिक विकासका लागि नयाँ उर्जाका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।