September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

प्राविधिक समस्याकाबीच दोहोरो अंकले बढ्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

प्राविधिक समस्याकाबीच दोहोरो अंकले बढ्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

फागुन १२, काठमाडौं । प्राविधिक समस्याका कारण ठूलो अंकले घटेको देखिएको सेयर बजार अन्तत दोहोरो अंकले बढेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंक्मा पुगेको हो । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखिएको थियो ।

दिनभर भएका ६९ हजार ९९४ कारोबारबाट २०४ कम्पनीका १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ पुगेको छ ।नेप्सेमा आज अन्तिम समयसम्म कूल २०४ कम्पनी कारोबारमा आएका थिए । आज आइएमई जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा गिरावट आयो । निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ कायम भएको छ ।

Advertisement