September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पशुपतिमा ८० करोडको लगानीमा राखियो सुनको जलहरी

पशुपतिमा ८० करोडको लगानीमा राखियो सुनको जलहरी

फागुन १२, काठमाडौं ।
पशुपतिनाथ मन्दिरमा ८० करोड रुपैयाँको लगानीमा सुनको जलहरी राखिएको छ । आज मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि उक्त लगानीमा १ सय ८ किलोको सुनको जलहरी राखिएको हो ।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सुनको जलहरी राख्नका लागि पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।

Advertisement