April 21, 2025, Monday
[nepali_today_date]

वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक

वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक

१७, मंसिर, २०७६, काठमाण्डौ । ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनी वानप्लसले आफ्नो प्रिमियम फल्याग सीपको नयाँ स्मार्टफोन वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक गरेको छ ।
वानप्लस ७टि प्रो मा ६.६७ इन्चको फियुल्ड एमोएलईडी ३१२०८१४४० एचडी प्लस रिजोलुशन छ र कर्निङग गोरिलाग्लास ५ र एचडीआर १० र एचडीआर प्लस सर्टिफाइड ९० एचजेड डिस्प्लेको साथमा १९.५ः९ स्क्रिीन रेसियो रहेको छ । यसलाई शक्तिशाली स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर ७ एनएम एनड्रेनो ६४० चिपसेट रहेको छ । यो एन्ड्रोइड १०.० र अक्सिजन ओएस १०.०.४ मा चल्छ । वानप्लस ७टि प्रो मास्टोरेजका लागि २५६ जीबीयूएफएस ३.० स्टोरेज र ८ जीबी एलपीडीडीआर ४ एक्स छ ।
वानप्लस ७ टि प्रो मामोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, एफर १.६ अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ ।
यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ । वानप्लस ७टि प्रो मा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७टि प्रो मा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट्ट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।
वानप्लस ७टि प्रो हेज ब्लु भरियन्टमा ९९ हजार ९९९ रुपैयाँमा नेपालभरका अधिकृत वानप्लस स्टोरहरुमा नोभेम्बरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Advertisement