चौतारी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त बन्दैः बुक क्लोज मंसिर २२ मा
१७, मंसिर, २०७६, काठमाण्डौ । चौतारी लघुवित्तले राष्ट्रिय स्तरको लघुवित्त कम्पनी बनाउने प्रस्ताव अगाडि बढाएको छ । चौतारि लघृवित्तले पुस ९ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।
हाल १५ जिल्ला कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउने प्रस्ताव सभाका लागि पेश गर्ने भएको हो । यस वर्ष चौतारीले आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र १० दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रू. १८ करोड ६० लाखको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो ।
आरम्भ लघुवित्तलाई प्राप्ति गर्न लागेको यस कम्पनीले एक आपसमा गाभिए पश्चात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारण तर्फ ३६ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव समेत सभामा पेश गर्दैछ । यसका लागि आवश्यक सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई सभा मार्फत दिने निर्णय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गतेदेखि बुक क्लोज गर्ने भएकाले लाभांश प्राप्त गर्न मंसिर २१ गतेसम्म शेयर कायम गरिसक्नु पर्नेछ ।
प्रतिकृया दिनुहोस्