सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज
१९, मंसिर, २०७६, काठमाण्डौँ । कात्तिक २० गतेदेखि विक्रीमा आएको सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने बिहीवार (आज) अन्तिम दिन रहेको छ ।
बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । जसमध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत र रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत व्यक्तिहरुलाई विक्री गर्ने भएको हो ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ साथै, आवेदकले आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट बिहीवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।