तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु
२३ मंसिर, २०७६, काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडबिच एकीकृत कारोवार शुरु भएको छ । यस अघि तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड विच मर्जर भई विसं २०७६ असार ३१ गते देखि मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट कारोवारको शुरुवात गरेको थियो ।
मर्जर पछि बैंकको केन्द्रीय कार्यालय बुटवलमा रहने छ । मर्जरपछि यस विकास बैंकको चुक्तापूँजी रू.१ अर्व ६७ करोड , निक्षेप संकलन रू.१४ अर्व १४ करोड, कर्जा लगानी रू.१२ अर्व ६७ करोड र बैंकका शाखा कार्यालयको संख्या ६२ पुगेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने छन् ।
राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको उक्त विकास बैंकले तोकिएको चुक्तापूँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको छ ।
प्रतिकृया दिनुहोस्