अनिश्चित घटना बाट बच्न बिमा अनिबार्य (सिटिजन लाइफ इन्स्योरेन्स द्धारा बिमा दाबि बापत १ करोड ५० हजार प्रदान )
आइतबार २९ मंसिर २०७६
काठमाडौं – बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईका अनुसार सानो–सानो रकम बचत गरेर परेका बेला बीमाले जोखिम समेत बहन गर्न सक्ने भएकाले बीमा सम्बन्धि चेतना बढाउनु देखिन्छ् । जीवन बीमाको आवश्यक्ता तथा महत्व बीमितको जीवन नरहे पनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमावापतको रकम हस्तान्तरण गरेको छ । साथै उक्त रकमले परिवारका आश्रित सदस्यहरुको स्तरीय जीवनयापनका साथै सन्ततिको उच्चशिक्षा एवं अन्य सामाजिक कार्य गर्न सहयोगी बन्न पुग्दछ । कम्पनीद्वारा कपिलवस्तु– ४ वाणगंगामा शनिवार आयोजित मृत्यु दाबी भुक्तानी कार्यक्रममा सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रू. १ करोड ५० हजार भुक्तानी गरिएको थियो । बीमा समितिका अध्यक्ष चापागाई,सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्तरुपमा उनलाई चेक हस्तान्तरण गरेका थिए । बुटवल– १३ बेलबास घर भएका पौडेलले १५ वर्षे बीमाअन्तर्गत रू.५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी गत कात्तिक ५ गते मृत्यु भएको थियो । कार्यक्रममा बीमा समितिका सहायक निर्देशक पदमप्रसाद सोडारी, नगरका वडाध्यक्ष, सिटिजन लाइफका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाल, प्रमुख व्यवसाय अधिकृत (मध्यपश्चिम क्षेत्र) सुनिल पोखरेल लगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्