April 21, 2025, Monday
[nepali_today_date]

प्रदेश ५ बाट शाइन रेसुंगा बन्यो राष्ट्रियस्तरको पहिलो विकास बैंक

आइतबार २९, मंसिर २०७६
काठमाडौं – बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन डेभलपमेन्ट र गुल्मीको रेसुंगा विकास बैंकबीच २०६९ सालमा मर्जर भई हालको शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको हो । गौमुखी विकास बैंक, पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई गाभेर एकीकृत कारोबार शुरू गरेपछि बैंकले मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको स्वीकृति पाएको हो । यससँगै बैंकको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ पुगेको छ । प्रदेश ५ बाट राष्ट्रिय स्तरको विकास बैंक बन्नेमा शाइन रेसुंगा पहिलो हो । पछिल्लो समय ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंकलाई प्राप्ति गरेसँगै राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पु¥याएर राष्ट्रियस्तरको बैंक बनेको हो । हाल शाइन रेसुंगाको चुक्तापूँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । विकास बैंक बन्न राष्ट्र बैंकले न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखेको छ ।

Advertisement