January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

चैत ३०, काठमाडौं ।
नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतवार र सोमवार नै चाँदीको मूल्य स्थिर रहेको छ । सोमवार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Advertisement