January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

राष्ट्रबैंकका गर्भनरद्धारा भोलि बैंकका सीईओहरुलाई जुममा डाकियोः के के छन् विषयवस्तु?

राष्ट्रबैंकका गर्भनरद्धारा भोलि बैंकका सीईओहरुलाई जुममा डाकियोः के के छन् विषयवस्तु?

काठमाण्डौं, चैत ३०

Advertisement

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्न मिटिङमा बोलाएका छन् ।

Advertisement

कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न र बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्थामा छलफल गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीले सीईओहरुलाई आग्रह गरेका छन् । बैंकले सीईओहरुलाई भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्म जुम मिटिङमा उपस्थित हुन पत्र पठाएको छ ।

चालु आर्थिक वर्षका लागि तय भएको मौद्रिक नीतिका व्यवस्थामा परिमार्जन हुन सक्ने सम्भावना रहेसँगै बैंकले सीईओहरुसँग छलफल गरी फिडब्याक लिनका लागि भोलि जुम मिटिङ डाकेको हो ।